काश म चरा अनि तिमी चरी भइदिएको भए
काश म चरा अनि तिमी चरी भइदिएको भए,
न कसैले देख्ला भन्ने डर
न समय धेरै बित्ला भन्ने डर
आफ्नै हुन्थ्यो सारा आकाश, आफ्नै हुन्थ्यो बादल
तिर्खा लागे खोला नदी, भोक लागे काफल
नाचिन्थ्यो आफ्नै धुनमा, चाहिँदैनथ्यो मादल
मात्र तिमी मेरो अनि म तिम्रो,
माया नै माया हुन्थ्यो जिन्दगीमा हाम्रो ।।

साहारा हामी एकअर्काको
अनि हाम्रो साहारा प्रकृति
न पैसाको पछि सङ्घर्ष गर्नु पर्ने
न त जिन्दगीलाई सुन्दर बनाउन पैसा देखाउन पर्ने
जे भएर बाँचे पनि उद्येश्य हाम्रो खुसी हुनु पर्ने
तिमी मसँग खुसी, म तिमीसँग
अनि हाम्रो साहारा प्रकृति
माथि आकाश हुन्थ्यो, वरिपरि प्रेमले मिसिएको हावा

Keep publishing man
ReplyDeleteGood to read
Thankyou for your support :-)
DeleteWau! Aba mero ma ni cmt gardeu��������
ReplyDeletehus hus sure :-)
DeleteDami dami dami
ReplyDelete