It's not hard to define others who you are but it's hard for them to understand you.
काश म चरा अनि तिमी चरी भइदिएको भए काश म चरा अनि तिमी चरी भइदिएको भए, न कसैले देख्ला भन्ने डर न समय धेरै बित्ला भन्ने डर आफ्नै हुन्थ्यो सारा आकाश, आफ्नै हुन्थ्यो बादल तिर्खा लागे खोला नदी, भोक लागे काफल नाचिन्थ्यो आफ्नै धुनमा, चाहिँदैनथ्यो मादल मात्र तिमी मेरो अनि म तिम्रो, माया नै माया हुन्थ्यो जिन्दगीमा हाम्रो ।। साहारा हामी एकअर्काको अनि हाम्रो साहारा प्रकृति न पैसाको पछि सङ्घर्ष गर्नु पर्ने न त जिन्दगीलाई सुन्दर बनाउन पैसा देखाउन पर्ने जे भएर बाँचे पनि उद्येश्य हाम्रो खुसी हुनु पर्ने तिमी मसँग खुसी, म तिमीसँग अनि हाम्रो साहारा प्रकृति माथि आकाश हुन्थ्यो, वरिपरि प्रेमले मिसिएको हावा माया नै माया हुन्थ्यो जिन्दगीमा हाम्रो ।।
Comments
Post a Comment